Sunday, August 18

एउटा त्यस्तो अफ्रिकन देश, जहाँ ५६ प्रतिशत नागरिक हिन्दु छन्

अफ्रिका महाद्वीपको दक्षिणी किनारामा पर्ने मरिसस भन्ने देशमा ५६ प्रतिशत हिन्दु नागरिक बसोबास गर्छन भन्ने सायद धेरैलाई थाहा छैन । तर तथ्य यही हो ।
संसारमा नेपाल र भारत पछि सबभन्दा धेरै हिन्दुहरूको बसोबास भएको देश मरिसस हो । मरिसससँग नेपालको श्रम मन्त्रालयले श्रम सम्झौता गर्ने तयारी पनि गरिरहेको छ ।
मरिससमा हिन्दु पछि धेरै जनसंख्या क्रिश्चियनहरूको रहेको छ । लगभग २८ प्रतिशत जनसंख्या क्रिश्चियनको रहेको छ भने १५ प्रतिशत मुस्लिमको जनसंख्या रहेको छ । बौद्ध धर्म मान्नेहरू १ प्रतिशतको हाराहारीमा छन् ।
मरिससको संविधानले सबै धर्मको संरक्षण गर्ने नीति अपनाएको छ र भारतमा जस्तो धार्मिक विभेद देखिदैन । जबकी भारतमा करिब ७० प्रतिशत हिन्दु र २५ प्रतिशत मुस्लिम बसोबास गर्छन । नेपालमा भने हिन्दुहरूको जनसंख्या ८५ प्रतिशत भन्दा माथि छ ।
दक्षिण अफ्रिकाको यस सुन्दर टापु पर्यटकीय स्थल पनि हो । संसारभरबाट वर्षेनी लाखौँ पर्यटकहरू मरिससको सुन्दरता हेर्न आउँछन् । यहाँ भगवान महादेवको अग्लो मूर्ति पनि रहेको छ भने हजारौं मन्दिर र मूर्तिहरू देख्न पाइन्छ ।

प्रतिकृया दिनुहोस्