Sunday, August 18

यसरी सुरु भएको थियो ‘अप्रिल फुल’ अर्थात् मूर्ख बनाउने दिन

अप्रिल महिनाको पहिलो दिन अर्थात् अप्रिल १ मा संसारभर मूर्ख दिवस मनाइन्छ। यद्यपि संसारको कुनै पनि मुलुकमा औपचारिक रूपमा यो दिवस मनाइँदैन। तैपनि यस दिन मानिसहरू एक-अर्कालाई मूर्ख बनाएर मनोरञ्जन गर्छन अर्थात् अप्रिल १ लाई ख्यालठट्टा गर्ने दिवसका रूपमा लिइन्छ।
अप्रिल फुल किन र कहिलेदेखि मनाउन थालियो भन्ने कुराको कुनै आधिकारिक तथ्य उपलब्ध छैन।
मध्यकालमा युरोपका धेरै सहरमा २५ मार्चका दिन नयाँ वर्ष मनाइन्थ्यो जुन अप्रिल १ मा अन्त्य हुन्थ्यो।
सन् १५८२ मा पोप चाल्र्स नवौंले पुरानो क्यालेन्डरको स्थानमा नयाँ रोमन क्यालेन्डर लागू गरेपछि सन् १५८२ देखि नयाँ वर्षको पहिलो दिनका रूपमा १ जनवरीलाई कायम गरियो।
त्यसपछि अप्रिल १ लाई नयाँ वर्ष मान्नेहरूलाई मूर्खको सज्ञा दिन थालिएको हो। आजकाे साप्ताहिक मा यो जानकारी छापिएको छ।
अप्रिल १ मा मूर्ख दिवस मनाउनुको अर्काे कारण पनि छ। अंग्रेज साहित्यकार चान्सरको ‘क्यान्टरबरी टेल्स’ सन् १३९२ मा लेखिएको थियो।
त्यसमा उनले ‘सिन मार्च बिगन थर्टी डेज एन्ड टु’ उल्लेख गरे, जसको अर्थ मार्च महिनाको ३२औं दिन अर्थात् अप्रिल २ पछि इंगल्यान्डका राजा रिचर्ड द्वितीयको ‘इन्गेजमेन्ट’ बोहेमियाकी एनसँग भएको वर्ष दिन हुन्छ भन्ने थियो तर पाठकले ३२ मार्च भन्ने बुझे। खासमा मार्च महिना ३१ दिनके हुन्छ।
त्यही मार्च महिनाको ३२औं दिनलाई ‘अप्रिल फुल’ मान्न थालियो भन्ने एक थरीको विश्वास छ।

प्रतिकृया दिनुहोस्