Saturday, October 19

बेलायतमा शान्ती श्री परियारले गल्बन्दी गाउदा मच्चियो तहल्का

छोटो समयमा सर्वाधिक चर्चा कमाउन सफल भयो गायक प्रकाश सपुत र गायिका शान्तीश्री परियारको स्वरमा रहेको गीत ‘गलबन्दी’ले । उक्त गीत अहिले नेपालको युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ ।
युट्युबमा सार्वजनिक भएको ८ दिनमै उक्त गीत ५५ लाख भन्दा बढी पटक हेरिएको छ । यसै बिचमा ‘गलबन्दी’ कि गायिका शान्तीश्रीले शनिवार बेलायतको फार्नबरो तताएकी थिइन् ।
बेलायतको फार्नबरोको खुला मैदानमा भएको नेपाली ओपन कन्सर्टमा २५ सय भन्दा बढी दर्शकको उपस्थिति रहेको थियो। बाक्लो उपस्थिती रहेको दर्शक माझ गायिका शान्तीश्री सहित नेपाली गायक गायिकाहरूले आ-आफ्ना प्रस्तुति दिएका थिए ।

प्रतिकृया दिनुहोस्