Saturday, October 19

सारेगमप’मा तहल्का मच्चाइरहेका पृतम र आयुश फाइनल प्रतिस्पर्धा गर्दै

काठमाडौं २६ भारतीय टेलिभिजन च्यानल जी टीभीको संगीत रियालिटी शो ‘सारेगम प लिटल च्याम्स २०१९’को फाइनलमा दुई नेपाली बालक पुगेको विषयले नेपालमा नयाँ तरंग ल्याएको छ।

फाइनलमा पुगेका इटहरीका प्रितम आचार्य र भक्तपुरका आयुष केसीको स्वर जादूले नेपाली दर्शकको मन छोएको छ।

बलिउडका चर्चित गायक एवं कलाकारहरुले समेत उनीहरुको गायिकीलाई उच्च प्रशंसा गरिरहँदा दुवैजना फाइनलसम्म पुगेका हुन्। शोको ग्रान्ड फिनाले १०० सिम्फोनी आर्केस्ट्रासहित आज आइतबार राति ९ बजे हुँदैछ।

डिजिटल राउन्ड, अडिशन मेगा अडिसन, फेमिफाइनल पार गर्दै फाइनलमा पुगेका प्रीतम र आयुसका अन्य ४ प्रतिस्पर्धी छन्।

अहिलेसम्म दुवैले दर्शक र निर्णायकबाट भरपुर प्रेम पाएका छन्। गीतको भावमा डुबेर गाउन सक्ने एवं स्टेज खुलेर गाउने प्रीतम सेमिफाइनलबाट पहिलो नम्बरमा छानिएर फाइनल पुगेका हुन्। सेमिफाइनलमा आचार्यले ‘तडप तडप’ र आयुषले ‘तुम मिले दिल खिले’ बोलको गीत गाएका थिए। आयुसले सो गीत गाइरहँदा उनकी आमा रीता केसीले मञ्चमै खुशीले रोएकी थिइन्।

‘आयुस बिरामी थियो। मैले उसलाई हौसला दिइरहेँ। त्यही हौसलाले यो परिणाम आएको हो। सारेगम पलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु’, उनले भनिन्।

प्रीतमले बलिउड नायक सलमान खानले समेत प्रशंसा पाएका छन्। ‘तिमीले नेपालको गर्व गर्ने काम गरिरहेका छौ’, दुई साताअघि उनले भनेका थिए।

सेमिफाइनलमा पुगेका ९ मध्येबाट ६ जना फाइनलमा आएका हुन्। उनीहरु गत फेब्रुअरीदेखि शोसँग जोडिएका हुन्। अहिले दुवैलाई हौसला दिनका लागि उनीहरुका अभिभावक पनि शो’मा गएका छन्। नेपालखबर

प्रतिकृया दिनुहोस्