Tuesday, November 12

आजको राशिफल : वि.सं.२०७६ ज्येष्ठ २८ गते मंगलबार ।

वि.सं.२०७६ साल ज्येष्ठ २८ गते । मंगलबार । ईश्वी सन् २०१९ जुन ११ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । ज्येष्ठ शुक्लपक्ष । तिथि नवमी,४१ घडी ०८ पला,बेलुकी ०९ बजेर ३७ मिनेट उप्रान्त दशमी । नक्षत्र उत्तरफाल्गुनी,२४ घडी ०० पला,दिउसो ०२ बजेर ४५ मिनेट उप्रान्त हस्त । योग सिद्धि,१४ घडी १८ पला,बिहान १० बजेर ५३ मिनेट उप्रान्त व्यातिपात । करण वालव,बिहान १० बजेर ४६ मिनेट उप्रान्त कौलव,बेलुकी ०९ बजेर ३७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा धाता योग । चन्द्रराशि कन्या । काठमाडौंमा सूर्योदय ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५८ मिनेट । दिनमान ३४ घडी ३१ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
पढाई लेखाईमा मन जानेछ भने प्रतिष्पर्धिहरु तपाईको क्षमता देखेर आफै पछाडि हट्नेछन् । न्यायिक निर्णयहरुबाट फैसला तपाई आफ्नै पक्षमा हुनेछन् भने सत्रुहरुलाई परास्त गर्दै अगाडि बढ्न सकिनेछ । व्यापार व्यावसायमा नया प्रविधिको प्रयोग मार्फत मनग्गे आम्दानि गर्न सकिनेछ । आफन्त घर परिवार तथा मामा मावली पक्षबाट भनेजस्तो सहयोग तथा समर्थन पाईनेछ । मन परेको मानिस सँग रमाईलो यात्रामा निस्कन सकिनेछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
तपाईको बौद्धिकतालाई सबैले सम्मान गर्नेछन् भने नया प्रबिधिको प्रयोग मार्फत खोजिमुलक काम गर्न सकिनेछ । शिक्षा क्षेत्र जस्तै स्कुल कलेज तथा यस्तै सस्थासँग सम्बन्धित कामहरुबाट मनग्गे आम्दानि गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने सकिनेछ । चिठ्ठा तथा उपहार प्राप्तीको गतिलो सम्भावना रहेकोछ भने माया प्रेममा निजिक भई भावना साटासाट गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
आम्दानिका स्रोतहरु एक्कासि बन्द हुँदा महत्वपुर्ण कामहरु थाति रहन सक्छन् ध्यान दिनुहोला । समाजसेवामा समय दिएपनि जनतासँग भिज्न नसक्दा प्राप्त हुँने मान सम्मान टरेर जानेछ । आमा वा आमा सरहका मानिसको आशिर्वाद प्राप्त गरि कुनै काम शुरु गर्दा कामहरु बन्नेछन् । अध्ययन अध्यापनको समय दिए अनुशार उपलब्धि नहुँने हुँनाले मन खिन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
मुद्दा मामिला तथा न्यालयबाट हुँने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछन् । बिद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाईलो यात्राको तय हुनेछ । जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
पढाई लेखाईमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजा आउने हुनाले आफन्त तथा गुरुजनहरु खुसि हुनेछन् । तपाईको ईमान्दारिताको सबैले कदर गर्नेछन् भने सामाजिक कामहरु समयमा सम्पन्न हुने हुनाले मान सम्मानमा बृद्धि हुनेछ । आुफन्त तथा कुटम्बसँगको चिसिएको सम्बन्धमा सुधार भएर जाने समय रहेकोछ । व्यापार व्यावसाय बिशेष गरेर होटल तथा रेष्टुरामा गरिएको लगानिबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
व्यापार व्यावसाय फस्टाएर जानेछ भने आर्थिक रुपमा सम्पन्न भई घर परिवारका ईच्छा आकांक्षा तथा दैनिक उपभोग्य बस्तुहरुको परिपुर्ति गर्न सकिनेछ । मानव निर्मित भौतिक बस्तुहरुको प्रयोग गर्न पाईने हुदा मन प्रसन्न रहनेछ । पारिवारिक माहोलमा सहभागि भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रतिष्पर्धिहरुलाई किनारा लगाउदै अध्ययनमा चाहेजस्तो सफलता हात पार्न सकिनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
कामहरु समयमा सम्पन्न नहुने तथा गल्ति गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आउने तथा भौतिक साधन स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला औषधि उपचार खर्च बढेर जानेछ । लामो दुरिको बिदेश यात्राको गतिलो योग रहेकोछ भने बिदेशमा बसेर पेशा व्यावसाय गर्नेहरुका लागि समय उत्तम रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुँनाले समयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुँनाले तपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् । माया प्रेम तथा पति पत्निबिचमा अरुको नकारात्मक टिका टिप्पणीले अबिस्वास पैदा हुनेछ ख्याल गर्नुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
माता पिताको कामबाट मन प्रशन्न हुनेछ भने भनेजस्तो सहयोग पाईने हुनाले दैनिक काम सहज रुपमा सम्पन्न हुनेछ । राजनिति तथा समाजसेवामा मान सम्मान प्राप्त हुनेछ भने उच्च पद तथा राज्यको सेवा सुबिधा प्रयोग गरि सम्पन्न हुने योग रहेकोछ । अनुशासित तथा सत्कर्म मार्फत आफ्नो साख बढाउन सकिनेछ । व्यापारमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । पारिवारिक माहोलमा दिन बित्ने तथा आफन्त बाट सहयोग पाईनेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्रमा राम्रो प्रगति गरि अरुलाई देखाउन सकिनेछ । धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेट हुनेछ भने नयाँ योजनाको रुपरेखा कोरेर फाईदा हुँने काम अगाडि बढाउन सकिनेछ । मान सम्मान तथा प्रतिष्ठा बृद्धि भएर जानेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण,रोग तथा संकटको सामना गर्नुपर्नेछ भने तपाईको काममा अप्ठ्यारा परिस्थितिहरु सिर्जना हुनेछन् । गोप्य कुराहरु बाहिर आउन सक्छन् ध्यान दिएर काम गर्नुहोला । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । नयाँ काम शुरु गर्नु भन्दा गरिरहेको कामलाई निरन्तरता दिन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आज गरिने सकारात्मक प्रयासहरु सफलता पुर्वक सम्पन्न हुनेछन् । थोरै स्रोत साधनको प्रयोगबाट असिमित आवस्यक्ताहरु पुरा गर्न सकिने हुँनाले मन प्रशन्न रहनेछ । उत्पादन क्षेत्रमा गरिएको लागानिबाट आउने आम्दानिले भबिश्यको लागि भौतिक सम्पति तथा सवारि साधन जोड्न सकिनेछ । बिबाह,बनभोज तथा यस्तै समारोहमा साथिहरुसँग सहभागि भई मिठा परिकार खादै रमाईलो गफ गरेर दिन कटाउन सकिनेछ ।
तपाईको दिन शुभ रहोस् ।

प्रतिकृया दिनुहोस्